loader

Breaking News

18औँ सुकना गोल्डकप : प्री-क्वार्टर फाइनलमा पुग्यो युनाइटेड एफसी दार्जीलिङ

Image
 

द हिमाल वर्ल्ड
सिलगढी, 6 जनवरी, 2025 
 
6 जनवरी सोमबार 18औं सुकना गोल्डकप फुटबल टुर्नामेन्टको दोस्रो म्याच जितेर युनाइटेड एफसी दार्जीलिङ प्री-क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सोमबार युनाइटेड एफसी दार्जीलिङ बनाम दलसिंहपाडा स्पोर्ट्स एकाडेमीमाझ दोस्रो म्याच सम्पन्न भएको थियो। जसमा 0 विरुद्ध एक गोलले युनाइटेड एफसी दार्जीलिङ विजयी बन्यो। खेलमा दुवै दलका खेलाडीहरूले राम्रो प्रदर्शन गर्दै गोल गर्ने प्रयास गरे तापनि अन्ततः दलसिंहपाडा स्पोर्ट्स एकाडेमीविरुद्ध एक गोलको बढतले युनाइटेड एफसी दार्जीलिङ विजयी बन्यो। सोमबार सम्पन्न म्याचमा युनाइटेड एफसी दार्जीलिङका खेलाडी सन्दीप रावत म्यान अफ द म्याच घोषित भए। 
उल्लेखनीय छ, 18औँ सुकना गोल्डकप गत 5 जनवरी आइतबारदेखि शुरू भएको हो भने यसको फाइनल आगामी 25 जनवरीको दिन हुनेछ।


Leave a Comment